Logo

रौतहटबाट प्रचण्डको उद्घोष : मलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन राखेको हो, माओवादी पहिलो दल बन्छ (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । आज (शनिबार) रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई सिध्याउने उद्देश्य राखेर एमालेले चिवतनमा महाधिवेशन गर्न लागेको भएपनि निर्वाचनमा आफ्नो जित सुनिश्चित् रहेको सुनाए ।

उनले भने,‘अहंकारका खलनायकहरुले महाधिवेशन गर्दैछन चितवनमा, उनीहरु प्रचण्ड र माओवादीलाई माया गर्न चितवन गएका होईनन, सिध्याउनको लागि गएका हुन्, तर जनताको अगाडि दुनियाँको कुनैपनि तागदले हामीलाई हराउन सक्दैनन्, हामी जित्छौं । माओवादी पार्टी ०६४ सालकोजस्तै एक नम्बर बन्ने पूरा सम्भावना छ ।’ उनले दलाल, भगौडा र कायरलाई तह लगाउनको लागि पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्