Logo

प्रचण्ड यसकारण एमसीसी पारित गर्ने पक्षमा आउँदै



काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना बोल्ड कदमहरुका कारण चर्चामा आउने गर्छन् । उनले कतिपय अवस्थामा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् ।

प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे पनि बोल्ड निर्णय गर्ने भएका छन् । उनले एमसीसी पारित गर्नेबारे महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ ।

माओवादीभित्र एमसीसी संशोधनविना पारित गर्न नहुने आवाजहरु उठिरहेका छन् । देव गुरुङका अलावा पूर्व जनमोर्चाबाट आएका नेताहरु नारायणकाजी श्रेष्ठ, लिलामणि आचार्य एमसीसीको विपक्षमा उभिएका छन् । तर, उनीहरु माओवादीभित्र कमजोर अवस्थामा छन् ।

प्रचण्डले एमसीसी पारित गर्ने मुड बनाउँदै लगेको बुझिएको छ । उनले आज भरतपुरमा बोल्दै एमसीसी फिर्ता लाने पक्षमा नभएको बताए । यसको अर्थ उनी एमसीसी पारित गर्ने पक्षमा छन् ।

अमेरिकाले १४ डिसेम्बर अर्थात् २८ मंसिरसम्म एमसीसी पारित नगरे अर्को कुनै देशमा लाने सन्देश दिइसकेको छ । शिर्ष नेताहरुलाई भेटेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले यस्तो सन्देश दिएका हुन् । समयसीमा तोकेर एमसीसीबारे वार कि पारको निर्णय दिन अमेरिकाले भनेको भोलिपल्ट प्रचण्डले यसबारे बोल्दै फिर्ता लान नचाहेको बताएका हुन् ।

प्रचण्डले एमसीसी पारित गर्नेबारे पत्र लेखेको प्रधानमन्त्री शेरबहादुर देउवाले केही हप्ता अघि खुलासा गरिसकेका छन् । अर्कोतर्फ, एमसीसी पारित गर्न तयार नभए सत्ता गठबन्धन टुट्नेमा प्रचण्ड सतर्क छन् । यसकारण पनि प्रचण्डलाई एमसीसी पारित गर्नुपर्ने वाध्यता छ ।

एमसीसी पारित गर्न प्रचण्ड उचित समय पर्खिइरहेको देखिन्छ । उनले कुनै पनि दिन एमसीसी पारित गर्नेतर्फ निर्णय लिने देखिदैछ । यसमा अगाडि नबढे निकै ठूलो राजनीतिक चुनाती झेल्नुपर्ने राम्ररी बुझेका छन् । त्यसैले प्रचण्ड एमसीसी रोकेर कुनै ठूलो राजनीतिक उपलब्धि हासिल गर्न नसक्नेमा सचेत र सजक छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot