Logo

टेनिस स्टार पेङबारे संयुक्त राष्ट्रसंघ बोल्यो



एजेन्सी, ४ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआईबारे संयुक्त राष्ट्रसंघ बोलेको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी निकायले उनी कहाँ छिन् स्पष्ट पार्न भनेको हो ।

२ नोभेम्बरमा पूर्व चिनियाँ प्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको सामाजिक सञ्जाल विबोमा पोष्ट गरेयता पेङ कहाँ छन् स्पष्ट छैन । उनले एउटा इमेल गर्दै आफूले लगाएको आरोप सत्य नभएको उल्लेख गरेपनि त्यसको स्वतन्त्र पुष्टि गर्न भनिएको छ ।

राष्ट्रसंघले ३५ वर्षीया पूर्व स्टारबारे चीनसँग जानकारी माग्दा अमेरिकाले पनि चासो लिएको छ । अमेरिकाले स्वतन्त्र र प्रमाणित तथ्यहरु बाहिर ल्याउन आग्रह गरेको छ ।
पेङबारे विश्वका टेनिस स्टारहरुले चासो बढाएका छन् । तर, उनको स्थिति अझै अज्ञात छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot