Logo

बनेपामा योगगुरु रामदेव र आचार्य बालकृष्णलाई गुर्जो बाबाको स्वागत, १२ सय बढिलाई गुर्जो चिया सेवा (फोटोफिचर)



काठमाडौं, ४ मंसिर । गर्जो अभियन्ता कमलबहादर राजलवटले १२ सयभन्दा बढिलाई गुर्जोको चिया सेवन गराएका छन् । पतञ्जली योग समिति बनेपाले निर्माण गरेको भवनको शनिबार शिल्यान्यास कार्यक्रममा सहभागीहरुलाई राजलवटले आज गुर्जो चिया सेवा गरेका हुन् । उक्त अवसरमा राजलवटले लेमन ग्रास, पत्थर चट्टाको बिरुवासमेत सेवा गरिएको थियो । पछिल्लो समय गुर्जो अभियन्ता राजलवटलाई गुर्जो बाबाको रुपमा चिनिन थालिएको छ ।

राजलवटले पछिल्लो समय गुर्जोप्रति आम मानिसको अभिरुचि बढ्दै गएको सुनाए । आजको सेवामा योग गुरु किशोर जोशी तथा राजेश प्रधानसमेत सक्रिय रहेका थिए । र, कार्यक्रममा गोपाल खड्का, सम्झना सुवेदी, हरिशरण केसीले गुर्जोको चिया सेवा र धुलो औषधी वितरण गरेका थिए ।

एक समारोहबीच योगगुरु रामदेव र आचार्य बालकृष्णले उक्त भवनको आज उद्घाटन गरेका हुन । बनेपा नगरपालिका–५ मा निर्माण गरेको नयाँ भवन पक्की तीनतलाको छ । भवनको उद्घाटन गर्दै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताए । सो क्रममा उनले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताए ।

आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरू कसैले भौतिक रुपमा मूल्याङ्कन नगरे पनि आन्तरिक मूल्याङ्कन हुनेमा जोड दिए । कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पु¥याएको छ भने पतञ्जली योग समितिले गरेको जनाउँदै त्यो बेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानका बारेमा शिक्षा दिँदै हिँडेको उनले स्मरण गरे ।



प्रतिक्रिया दिनुहोस्