Logo

ज्यामिरकोटमा गणेश मन्दिर शिलान्यास



ललितपुर, ४ मंसिर । महालक्ष्मी नगरपालिका ८ को ज्यामिरकोटमा गणेश मन्दिरको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शनिबार मन्दिर शिलान्यास गरेका हुन् ।

पौराणिक महत्वको मन्दिर प्यागोडा शैलीमा निर्माण हुने निर्माण समितिका संयोजक तथा समाजसेवी बेदबहादुर खड्काले जानकारी दिए । मन्दिरको क्षेत्र निर्माण भइसकेको र मुख्य मन्दिर निर्माण हुन बाँकी रहेको उनले बताए ।

महालक्ष्मीको पर्यटकीय क्षेत्र ज्यामिरकोटमा मन्दिर अवस्थित छ । यसको निर्माणले पर्यटन विकासमा टेवा पुग्ने आशा राखिएको मन्दिर निर्माण समितिका संयोजक खड्काले बताए ।

मन्दिर निर्माणका लागि स्थानीय तथा भक्तजनहरुबाट स्वस्फूर्त आर्थिक सहयोग र नगरपालिकाको पनि सयोग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्