Logo

म्यानचेस्टर युनाइडेट वाटफोर्डसँग स्तब्ध, लिभरपुलद्वारा आर्सनल पराजित



एजेन्सी, ५ मंसिर । म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग स्तब्ध भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा वार्टफोर्डले म्यानचेस्टर युनाइटेडले ४-१ ले पराजित गरेको हो ।

वार्डफोर्डले लगातार २ गोल गरी अग्रता लिएपनि म्यानचेस्टले बराबरीको प्रयास गरेको थियो । तर, काउन्टर एट्याकमा वाटफोर्डले गोल गर्दै युनाइटेडलाई स्तब्ध पारेको थियो ।

यसैगरी, आर्सनलको १-० खेलको अपराजित यात्रा टुंगाइदिएको छ । लिभरपुलले घरेलु मैदानमा आर्सनलमाथि ४-० को जित निकालेको हो ।

लिगमा अगाडि रहेको चेल्सीले लिसेस्टरसँग ३-० को जित निकालेको छ । एस्टर भिल्लाले ब्राइटनमाथि २-० को जित निकाल्दा न्युकासल र ब्रन्डफोर्ड ३-३ को बराबरी खेल्न पुगे ।

नर्विच सिटीले साउथएम्टनमाथि २-१ को जित निकाल्यो । वल्भसले वेस्ट हेमलाई १-० ले पराजित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्