Logo

उपत्यकामा प्रकाशमानलाई कमजोर पार्न सिटौला समूह सक्रिय



काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा सभापतिका दाबेदार प्रकाशमान सिंहको पक्षमा लागेपछि कृष्णप्रसाद सिटौला झस्किए । पूर्वमहामन्त्री सिटौला गगन थापासँग मात्र रुष्ट भएनन् सिहसँग झन् सतर्क भए ।

थापालाई साथमा लिएर सिंह हिडेपछि देशभरको माहोल बदलियो । विशेषगरी उपत्यकामा सिटौला पक्ष सिहलाई कमजोर बनाउन सक्रिय भएको छ । काठमडौंमा सिटौला पक्षका गगन थापा हस्ती थिए । उनले साथ छाडेपछि भीमसेनदास प्रधान बाँकी रहे । ध्यानगोविन्द रञ्जित पनि प्रधानसँग मिलेर सिहलाई चुनौती दिन लागे । तर, काठमाडौं उपत्यकाको पालिका तहसम्मको चुनावमा सिटौला पक्ष विगतभन्दा कमजोर देखियो । एकाध पालिकामा मात्र सिटौला पक्षले चुनाव जितेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा सिटौला पक्ष सिंह समूहसँग टकराव बढाउन थालेको छ । प्रदेश क्षेत्र तहको अधिवेशनसम्म आइपुग्दा सिंह विरोधी उनकै समूहकाले पनि सिटौलासँग मिलेर रणनीतिक कदमहरु चाल्न थालेका छन् ।

ललितपुरमा सिटौला समूह केही सक्रिय देखिएको छ । विशेषगरी ललितपुर क्षेत्र नं २ मा सिटौला समूह अन्य क्षेत्रमा भन्दा बलियो देखिएको छ । त्यहाँ सिंह समूहलाई धक्का दिन सिटौला समूह पूरै शक्तिका साथ लागिपरेको छ । यसलाई दृष्टिगत गरी नेता सिंहले सक्रियता बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot