Logo

मुलुकभरीको मौसममा सुधार



काठमाडौं, मंसिर ५। एक साता अघिबाट बिग्रिएको मौसम विस्तारै सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने अनुमान गरिएको छ ।

आइतबार बिहानै काठमाडौं उपत्यकामा तुवाँलो लागेपनि मध्यान्हबाट वातावरण सफा हुने बताइएको छ।त्यस्तै, आज मुलुकका सबैजसो स्थानहरुमा घाम लाग्नेछ। प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुनेछ भने समग्र मुलुकभरी भने मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot