काठमाडौं, ५ मंसिर । । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टेसमाथि जित निकालेको छ ।
पिएसजिको घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
खेलको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीका केलियन एमबाप्पेले सुरुवाति अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
साथैm ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो ।
खेलको ८७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाएका थिए । लिग वानमा मेस्सीको यो पहिलो गोल हो ।
जितसँगै पीएसजी १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
१८ अंक जोडेको नान्टेस ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया