Logo

सर्वोच्च परिसरमा आज पनि प्रदर्शन, बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहसपैरबी नगर्ने



काठमाडौं, मंसिर ५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आजपनि सर्वाेच्च परिसरमा धर्ना कार्यक्रम जारी राखेका छन् ।

१४ कात्तिकदेखि प्रदर्शन गर्दै आएका कानुन व्यवसायीले आजपनि जबराको राजीनामा माग्दै नारा लगाईरहेका छन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै आएको हो ।

साथै, नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्