Logo

चेल्सीको शानदार जित, लेस्टर सिटी घरेलु मैदानमै पराजित



काठमाडौं, ५ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीमाथि शानदार जित निकालेको छ ।

सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले ३–० को जित निकालेको हो ।

खेलको १४औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २८औं मिनेटमा एनगालो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

साथै, खेलको ७१औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई ३–० को शानदार जित दिलाए ।

जितसँगै चेल्सीले १२ खेलमा २९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

१२ खेलमा १५ अंक जोडेको सिटी १२औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्