Logo

च्यासलमाथि थ्री स्टारको शानदार जित



काठमाडौं, ५ मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।

खेलको २२ औं निशान खड्का गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा च्यासलले पाएको पेनाल्टीको मौका विकास मेराग्लियाले सदुपयोग गर्न सकेन ।

४४ औं मिनेटमा थ्री स्टारका राफायल बिडीयास रिमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

साथै, खेलको ५८ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई शानदार जित दिलाए ।

जितसँगै थ्री स्टारले पहिलो खेलमै ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्