Logo

एन्डीबडीबाट दुई महिलाले एचआइभीलाई जिते



एजेन्सी, ५ मंसिर । एचआइभी यस्तो रोग हो जुन लागेपछि निको हुँदैन । एचआइभी लागेको व्यक्ति यही रोगको संक्रमणले मृत्युको मुखमा पुग्ने गर्दछन् । तर, सँसारमा यस्तो घटना भएको छ कि दुई महिलाले एचआइभीलाई जितेका छन् ।

अजेन्टिनामा सन् २०१३ मा एचआइभी संक्रमित भएकी महिलाले रोगलाई जितेकी छिन् । उनलाई हालै चेकजाँच गर्दा एचआइभी देखिएन ।

ती महिलाको २०१७ यता रगतको नमूना परीक्षण गर्दा एचआइभीको एन्डीबडी भेटिएको थियो । तर, एचआइभीको भाइरस भेटिएको थिएन ।

यसअघि अमेरिकाकी ६६ वर्षीया महिला टिमोथी रे ब्राउनले गत वर्ष एचआइभीलाई जितेकी थिइन् । उनले एन्डीबडीबाट एचआइभी जितेकी हुन् ।

बेलायतमा दुईजना एचआइभी संक्रमितले रोगलाई जित्दा फरक विधि अपनाइएको थियो । उनीहरुले स्टिम सेल प्रत्यारोपणबाट रोगलाई जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्