Logo

२४ वर्षीया करुणा पाण्डेद्धारा कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी



काठमाडौं, ५ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनीधि पदको उम्मेदवारी घोषणा गरेकी छिन् । २४ वर्षीया पाण्डेले अर्जुन नरसिंह केसीको प्यानलबाट महिला तथा खुल्लातर्फ महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा गरेकी हुन् ।

पब्लिक युथ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेकी नेतृ पाण्डे कलाकारीता समेत गर्दै आएकी छिन् । उनको मुख्य भुमिका रहेको फिल्म ‘तिम्रो हुने कहिले’ अहिले प्रदर्शन भइरहेको छ । को क्रममा रहेको छ । कोरोना महामारीको समयमा उनले शिवपुरीमा स्वास्थ्य सामाग्री पनि वितरण गरेकी थिइन् । समाजसेवा गर्ने उनले जीवनको लक्ष्य राखेकी छिन् ।

धेरै वर्षदेखि सम्पुर्ण घरपरिवारै नेपाली कांग्रेस पार्टीमा लागेको पाण्डेले विभिन्न काम गर्ने क्रममा अवरोध आउने र कुनै काम गर्दा पहुँच हुनेले शक्ति प्रदर्शन गर्ने भएकोले गर्दा आफु राजनीतीमा होमिएको बताइ्न् । उनले भनिन्, ‘के नेताको आफन्त र श्रीमतीले मात्र प्रतिनिधी बन्न पाउने, सामान्य परिवारका पार्टीका कार्यकर्ताहरु चाँही योग्य भएर पनि हेरेर बस्नुपर्ने, यस्तो प्रथाको अन्त्य गर्नको लागि मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।’

 



प्रतिक्रिया दिनुहोस्