Logo

राजामौली सलमान खानलाई भेट्न पुगेपछि…



एजेन्सी, ५ मंसिर । ‘बाहुबली’का निर्देशक एसएस राजामौली यतिबेला आफ्नो आगामी फिल्म ‘आरआरआर’ लाई लिएर चर्चामा छन् । जुनियर एनटीआर, राम चरण, आलिया भट्ट र अजय देवगन यस मल्टिस्टारर फिल्ममा देखिनेछन् ।

यसैक्रममा हालै एसएस राजामौलीले सलमान खानलाई भेटेको खबर आइरहेको छ । राजामौली शुक्रबार सलमान खानलाई भेट्न मुम्बईको फिल्म सिटी पुगेका थिए । सो भेटका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

तस्विर सार्वजनिक भएपछि फ्यानहरु निकै उत्साहित भएका छन् । राजामौली ‘आरआरआर’ को प्रमोशनको सिलसिलामा सलमानलाई भेट्न आएको बुझिएको छ । बिग बोस १५ मा सलमानले फिल्म ‘आरआरआर’ को प्रमोशनमा गरिरहेका छन् ।

राजामौली फिल्मको प्रमोशनको सिलसिलामा सलमानलाई भेटेका थिए वा फिल्मको बारेमा कुरा गर्न गएका थिए । यसबारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । सलमान खानको फ्यान फलोइङ अत्याधिक छ, त्यसैले यदि उनले फिल्मको प्रचार गरे भने राजामौलीलाई धेरै फाइदा हुनेछ।



प्रतिक्रिया दिनुहोस्