Logo

पशुपतिमा रामदेवको योग शिविर (फोटोफिचर)



काठमाडौं, ५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा पशुपतिनाथ मन्दिर परिसरमा आज (आइतबार) एक दिने योग शिविर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त योग शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, भारतीय योगगुरु रामदेव बाबा सहित आचार्य बालकृष्णको समेत उपस्थिति रहेको थियो ।

योग शिविरपछि बाबा रामदेवले मन्त्री प्रेमबहादुर आलेलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने मन्त्री आलेले रामदेव र आचार्य बालकृष्णलाई मायाको चिनो प्रदान गरेका थिए। तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्