Logo

बिग बिंगो खेल अब आफ्नो मोबाइलमा नै खेल्न सकिने



काठमाडौँ, ५ मंसिर । विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल Big Bingo (बिग बिंगो) अब नेपालमा निःशुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ । पहिलो लाइनको पुरस्कार स्वरुप रू ११ हजार, दोश्रो लाइनको पुरस्कार स्वरुप रू ११ हजार, तेश्रो लाइनको पुरस्कार स्वरुप रु ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सक्ने भएका छन् ।

विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन । यो गेम खेल्नको लागी प्ले स्टोरबाट Big Bingo टाइप गरी गेम डाउनलोड गरी फ्रीमा बिंगो टिकट लिन सकिन्छ भने आइफÞोन प्रयोगकर्ताहरूले भने www.playbigbingo.com लगिन गरी बिंगो टिकट लिन सकिन्छ ।

यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखी योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सक्नुहुनेछ । टिकट लिनको लागि भिडियो हेर्नू पर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक
सन्देश दिनु रहेको छ ।



प्रतिक्रिया दिनुहोस्