Logo

मेडिकल काउन्सिल निर्वाचन: सबैभन्दा कम मत जुम्लामा खस्यो



काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपत्यकाबाहिर शुक्रबार र शनिबार भएको निर्वाचनमा सबैभन्दा धेरै चितवन र कम जुम्लामा मत खसेको छ । उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा ५ हजार मत खसेको काउन्सिलले जनाएको छ । यसअघिको निर्वाचनमा उपत्यकाबाहिर ३ हजार ५ सय मत खसेको थियो । यो पटक १५ सय मत बढी खसेको हो । सबैभन्दा धेरै चितवनमा खसेको छ भने सबैभन्दा कम मत जुम्लामा खसेको छ ।

१ उपाध्यक्ष र ८ सदस्यको लागि ३५ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । त्यस्तै, उपाध्यक्षको लागि ३ र ८ सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको थियो ।

कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक जनकपुर,नारायणी अस्पताल, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मतदान भएको थियो । त्यस्तै, शनिबार मेची प्रादेशीक अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल लगायतका १२ मतदान केन्द्रमा मतदान भएको थियो ।

काठमाडौं विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानिय विकास प्रतिष्ठानमा मंसिर १० र ११ गते मतदान हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्