Logo

गायिका प्रविशा र निर्माण विवाह बन्धनमा बाँधिए



काठमाडौं, ५ मंसिर । गायिका प्रविशा अधिकारी र उनका प्रेमी निर्माण सिटौला वैवाहिक जीवनमा बाँधिएका छन् । ‘द भ्वाइस अफ किडु्स २०२१’ को कोच समेत रहेकी प्रविशाले अमेरिकामा बस्दै आएका सिटौलासँग आइतबार विवाह गरेकी हुन् ।

इन्जिनियर पेशामा आवद्ध सिटौलासँग प्रविशाको बिहीबार इंगजमेन्ट (फुलमाला) भएको थियो । पछिल्लो समयमा प्रविशाले आफ्नो प्रेम सम्बन्धको बारेमा मिडियामा पनि खुलेरै कुरा गर्दै आएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्