Logo

फुटवेयर म्यानुफ्याक्चर एशोसिएसनको अध्यक्षमा घिमिरे



काठमाडौं, ५ मसिर । फुटवेयर म्यानुफ्याक्चर एशोसिएसनले अध्यक्षमा नानीराज घिमिरेलाई चयन गरेको छ । मसिर ३ गते शुक्रबार सम्पन्न भएको एसोशिएसनको २०औं वार्षिक साधारण सभाबाट अध्यक्षमा घिमिरे चयन भएका हुन् ।

यसैगरी, महासचिवमा ज्ञानेन्द्रप्रसाद दाहाल, सदस्यहरुमा राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, शंकर कुमार गौतम, केशरबहादुर प्रधान, त्रिलोक श्रेष्ठ र जीवन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्