Logo

गृहमन्त्री खाँणले रुपन्देही घट्नाका घाईते पन्तलाई भेटेर गरे स्वास्थ्यलाभको कामना



काठमाडौं, ५ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले हिजो रुपन्देही घट्नामा घाइते भएका शैलेन्द्र पन्तलाई भेट गरेका छन् । भेटको क्रममा उनले घाइते पन्तको स्वास्थ अवस्थाको जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

भेटमा घाइते पन्तले आफू गृहमन्त्री खाँणकै मान्छे भएको र कहिलेकाहीँ पार्टीभित्र यस्तो हुने प्रतिक्रिया दिएको पनि बताईएको छ । घाईतेको भनाई उद्धृत गर्दै सहभागी एकले भने,‘दाई म तपाईकै मान्छे हो पार्टीभित्र कहिलेकाहीँ यस्तो हुन्छ, अन्यथा नलिनु म हजुरसंग नै छु ।’

उनको स्वास्थ्य अवस्था सामन्य रहेको जनाईएको छ । साथै, मन्त्री खाँणले उनको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्