Logo

एमाले नफुटेको भए…



काठमाडौं, ५ मंसिर । नेकपा एमाले फुटेपछि १०औं महाधिवेशनको मुखमा छ । नवौं महाधिवेशनमा एमाले एकजुट थियो । अध्यक्षमा केपी शर्मा ओलीले माधवकुमार नेपाललाई झीनो मतले पराजित गरेका थिए । दुवैको आधा आधा शक्ति थियो ।

एमाले फुटेपछि ओलीको पार्टीभित्र ९० प्रतिशत शक्ति देखिएको छ । विरोधी शक्तिहरु पनि विभाजित देखिएका छन् ।

एमाले नफुटेको भए ओलीलाई अध्यक्ष बन्न कडा चुनौती मिल्थ्यो । उनलाई माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेताहरुले मुश्किल बनाउथे । उनीहरु एमालेमा नरहेपछि ओलीको एकलौटी जस्तै भएको छ ।

ओलीले एमाले फुटेपछि विधान महाधिवेशन गर्न सफल भए । यो उनलाई अर्को कार्यकाल अध्यक्ष बन्ने ढोका खोल्नका लागि भएको थियो । एमालेको नवौं महाधिवेशनमा ७० वर्ष कटेपछि केन्द्रीय तहको कुनैपनि पदमा बस्न नपाउने विधानमा पारित गरेको थियो । यो हिसाबले ओली अबको केही महिनापछि अध्यक्षबाट हट्नुपर्ने हुन्थ्यो । महाधिवेशन फागुनपछि भएमा मात्र पनि चुनाव लड्न पाउँदैनथिए ।

ओलीले एमाले फुट्दा विधान संशोधन गरी ७० नकट्दै चुनाव जितेको नेता उमेर हद पारित गर्दा पनि उक्त कार्यकाल पार्टी कमिटीमा रहन पाउने बनाए । जसका कारण ओलीका लागि नेतृत्वमा फेरि पुग्ने ढोका खुल्यो । एमाले नफुटेको भए विधान संशोधन सजिलो थिएन ।

एमाले नफुटेको भए नयाँ पुस्ता उदाउदैनथियो । अब एमालेको कमिटीमा ठूलो संख्यामा नयाँ पुस्ताकाहरु देखिदैछन् । अवसरका ढोकाहरु खुलेका छन् । नेतृत्वमा रहेको जाम हट्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्