Logo

इजरायल जानेको स्वास्थ्य परीक्षण गर्न कति लाग्छ खर्च?



काठमाडौं, मङ्सिर ६ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ ।

यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मङ्सिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक २९ देखि मङ्सिर ५ सम्म पाँच सय जनाको स्वास्थ्य परीक्षण भईसकेको छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन निकाय (पिवा)द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनोट भएका एक हजार १७५ को नाम सार्वजनिक गरेको थियो ।

स्टार अस्पताल, हेम्स अस्पताल, नेपाल मेडिसिटी अस्पताल र मनोमहन मेमोरियल मेडिकल कलेजमा प्रतिव्यक्ति आठ हजार नौ सय रुपैयाँमा स्वास्थ्य परीक्षण गर्न सकिने छ । गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot