Logo

रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी महोत्तरी जाँदै



काठमाडौं, मङ्सिर ६ । मटिहानीमा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरी जाने भएकी छन् ।

मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन गर्न राष्ट्रपति भण्डारी अहिले १० बजे त्यसतर्फ जान लागकी हुन् । राष्ट्रपति भण्डारी सवार हेलिकप्टर जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा ल्याण्ड गरिने छ ।

राष्ट्रपति भण्डारी सर्वप्रथम मटिहानी मठमा पूजाअर्चना गरी त्यहाँबाट नेपालकै सबैभन्दा पुरानो विद्यालय राजकीय संस्कृत माविको अवलोकनपश्चात रङ्गशालाको उदघाटन कार्यक्रममा सहभागी हुनेछिन् ।

आर्थिक वर्ष २०७४/७५ मा शुरु गरिएको रङ्गशालाको निर्माणमा करिब एक करोड पाँच लाख रुपियाँ खर्च गरिएको जनाईएको छ । एक बिघा नौ कठ्ठा क्षेत्रफलमा फैलिएको रङ्गशालामा क्रिकेट, फुटबल, भलिबल, कबड्डी, जुडोकराँटे लगायतका खेल खेल्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्