Logo

ज्योति बैंकले सुरु गर्यो डिजिटल बैंकिङ्ग सेवा



काठमाडौं, ६ मंसिर । ज्योति विकास बैंकले डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले ओम्नी च्यानल अवधारणामा आधारित सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।

बैंकको अनुसार ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसंगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, Self-Account Link अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्। त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले Self Register गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

यस सुविधा नयाँ प्रयोगकर्ता हरुले Playstore अथवा Playstore बाट ब्उउ लाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरुले App  लाई Update गरि नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्। बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।



प्रतिक्रिया दिनुहोस्