Logo

एनआईसी एशियाको साधारण सभा सम्पन्न, ६ जना सञ्चालक निर्वाचित



काठमाडौं, ६ मंसिर । एनआईसी एशियाकोे लघुवित्त वित्तीय संस्थाको आइतबार चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्टमा सम्पन्न सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गरेको छ ।

यसका साथै सभाबाट संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक निर्बिरोध निर्वाचित भएका छन् ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रावल निर्बिरोध निर्वाचित भएका हुन् । त्यस्तै, सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्बिरोध निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्