Logo

आइएमई डिजिटलले पायो एसोसीओ अवार्ड



काठमाडौं, ६ मंसिर । आइएमई डिजिटल सोलुसन अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ (क्यान)ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

एसोसीओले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा पुरस्कार विजेताहरु घोषणा गरेको थियो । उक्त कार्यक्रममा आईएमई ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ पाएको घोषणा गरिएको थियो ओसोसीओ एसियन क्षेत्रका जापान, सिंगापुर, भारत, बंगालादेशलगायतका २४ वटा देश सदस्य रहेको छाता संगठन हो ।

उसले हरेक वर्ष यी देशमा सञ्चालनमा रहेका सूचना प्रविधि क्षेत्रमा काम गर्ने संघसंस्थाको कामलाई मूल्यांकन गरे पुरस्कार दिने गर्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम