Logo

जोमसोमबाट पोखरा जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते



मुस्ताङ, ६ मंसिर । मुस्ताङमा आज बिहान जिप दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने म्हन्सिङ खोला नजिकै ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना भएको हो ।

जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखरा काडेका चालक भिजन बिक, ताप्लेजुङकी कल्पना श्रेष्ठ, दोलखाका मैयाँ थापा, बाबुराम थापा, अनिसा थापा घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकदेखि करीब २० मिटर तल खसेको थियो । घाइतेमध्ये २ जना जोमसोम शिक्षालयका कर्मचारी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot