Logo

इंग्लिस प्रिमियर लिगः टोटेनहमको शानदार जित



काठमाडौं, ६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लिड्स युनाईटेडमाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो ।

खेलको ४४औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५८औं मिनेटमा पिएरे इमिलले गोल गर्दै टोटेनहमलाई बराबरीमा फर्काएका थिए ।

साथ, खेलको ६९औं मिनेटमा सेर्जियो रेगुइलोनले गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाएका थिए ।

यस जितसँगै १२ खेलमा १९ अंक जोडेको टोटेनहम अंक तालिकाको सातौं स्थानमा रहेको छ भने लिड्स ११ अंकका साथ १७औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्