Logo

प्रधानन्यायाधीश जबराले आजलाई तोके १२ इजलास



काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारको लागि १२ इजलास तोेकेका छन् । जबराले आजको लागि एक एकल र ११ वटा संयुक्त गरी १२ इजलास तोकेका हुन् ।

आज जबराले आफुलाई भने पेसी तोेकेका छैनन् । गत बुधबार सर्वोच्च अदालतको पुर्णबैठकबाट गोलाप्रथामार्फत पेशी तोक्नका लागि नियमावली संशोधन गरिएको भएतापनि उक्त नियमावली प्रकाशन नभएको कारण गोलाप्रथा सुरु हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्