Logo

खेल चलिरहँदा खेलाडीमाथि बोतल प्रहार भएपछि….



काठमाडौं, ६ मंसिर । फ्रेन्च लिग वान फुटबल अन्तर्गत लियोन र मार्सेलीबिचको खेलमा खेलाडीमाथि दुरव्यबहार भएपछि खेल स्थगित भएको छ ।

खेल चलिरहँदा मार्सेलीका खेलाडी डिमित्री पायटमाथि बोतल प्रहार भएको थियो ।

खेलको ५औं मिनेट कर्नर प्रहार गर्ने क्रममा पायटमाथि बोतल प्रहार भएको थियो । आफ्ना खेलाडीमाथि भएको दुरव्यबहार पछि ड्रेसिङ रुम गएका मार्सेलीका खेलाडी मैदान फर्कन नमानेपछि खेल स्थगित भएको थियो ।

त्यसपछि, करिब दुई घण्टापछि रेफ्रीले खेल स्थगित भएको घोषणा गरेको थियो ।

यस अघि अगस्टमापनि निसबिरुद्धको खेलमा उनीमाथि बोतल प्रहार भएको थियो ।

मार्सेली २४ अंकका साथ लिगको चौंथो स्थानमा रहेको छ भने लियोन २० अंक जोडेर सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्