Logo

बारको आन्दोलनले सर्वसाधारण जनता सास्ती व्यहोर्दै, सर्वोच्चमा भेटिएकी सेवाग्राही गुरुङको यस्तो विलौना (भिडिओसहित)



काठमाडौं, ६ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनले सर्वसाधरण जनता ठूलो मारमा परेका छन् । बारले अदालतमा गलत नियत र राजनीतिक उद्देश्य राखेर आन्दोलन गर्दाआम सेवाग्राही जनता ठूलो पीडामा परेका छन् । उनीहरुले अहिले ठूलो सास्ती व्यहोर्नुपरेकोछ । अदालत परिसरमा भेटिएकी सेवाग्राही एकल महिला पदम कुमारी गुरुङले आफूले सर्वोच्चमा मुद्दा खेपेको आउने माघमा २ वर्ष हुने बताईन् । उनको आफ्नै जेठाजुहरुसँग अंश बण्डाको मुद्दा चलिरहेको छ ।

तर, न्यायको लागि अदालतको ढोका घचघचाउन आउने आफूजस्ता धेरै सर्वसाधारण जनता अहिले मारमा रहेको उनको गुनासो छ । अदालतमा भैरहेको आन्दोलनकै कारण हजारौं सेवाग्राहीले दुःख र सास्ती खेप्नु परेको उनको भनाई छ । उनले भनिन्,‘आजपनि मेरो तारिख थियो, म मलामी गएको थिएँ, त्यहीँबाट ट्याक्सी लिएर हतार हतार अदालत आएँ । आजपनि मुद्दाको सुनुवाई भएन, अहिले पुष ४ गतेको तारिख लिएर आएको छु ।’

बारको आन्दोलनप्रति उनको आक्रोश थियो । उनले भनिन्,‘न्यायको ढोका बन्द गर्नुहुँदैन्, अब न्याय नै नदिने र सधैं यसरी बन्द गर्ने हो भने, कि त हामीलाइ मारिदिनुपर्यो कि त सरकारले गाँस, बास र कपासको व्यवस्था गर्नुपर्यो । म त क्यान्सर रोगी हुँ । त्यसमाथि मधुमह पनि छ । आँखा देख्दिन्, बाटो काँट्नसमेत मुश्किल छ ।’ उनले आफूहरुलाई कसले न्याय दिने हो ? भन्दै सरकारसँग जवाफ मागिन्। उनले भनिन्,‘सरकारले दिने र घरपरिवारले कसले न्याय दिने ? ।’ उनले पटक पटक बारको आन्दोलनले गर्दा नै सर्वोच्च अदालतलगायत देशभरिका अदालतमा न्याय सम्पादनमा ढिलाई भएको दाबी गरिन् । Source of Video : TajaKhabar



प्रतिक्रिया दिनुहोस्