Logo

सर्वोच्चमा आजपनि बारको आन्दोलन जारी (तस्बिरमा हेर्नुहोस्)



काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिन थालेपछि सुरक्षाको लागि अदालत परिसरमा खटाइएका दंगा प्रहरीलाई सोमबार हटाइएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज बिहान १० बजदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुन् । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका थिए ।

जबराले सोमबारको लागि १२ इजलास तोेकेका छन् । आजको लागि एक एकल र ११ वटा संयुक्त गरी जबराले १२ इजलास तोकेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्