Logo

आन्दोलनरत बार दलहरु गुहार्दै, आज सभामुख र संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउदै



काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको बारले अब राजनीतिक दलहरुलाई गुहारेको छ। बारको पूर्वनिर्धारित कार्यक्रमअनुसार यसअघि नै दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, बारकै कोषाध्यक्ष रुद्र पोखरेलले बारका ‘डन दाईहरु’ को कारण दलहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम धकेलिँदै आएको टिप्पणी गरेका थिए ।

बारले एकसूत्रीय माग–प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने अघि सारेको छ । तर, यसअघि बेन्च बहिष्कार गरेका बहुमत न्यायाधीशहरु (फूलकोर्टको बैठकपछि) नियमित इजलासमा फर्किएका छन् र बन्दी प्रत्यक्षीकरणलगायत सबै प्रकारका मुद्दाको सुनुवाई गरिसकेका छन् । बारले भने आफ्नो आन्दोलन जारी राखेको छ ।

फूलकोर्ट बसेर गोलाप्रथा लागु गर्नेगरि नियामावलीसमेत पास गरेको छ । आज दिउँसे २ बजे बारका पदाधिकारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । बार पदाधिकारीले सभामुख अग्निप्रसाद सापकोटालाई पनि आजै भेट्ने कार्यक्रम तय भएको छ। Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot