Logo

भीम रावलको दाबी : म अध्यक्षमा निर्वाचित भएँ भने पार्टीलाई एक नम्बर बनाउँछु, सरकारमा पुर्याउँछु(भिडिओसहित)



काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले जित्नको लागि पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको बताएका छन् । उम्मेद्धवारी घोषणा गरेकै दिन हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म कसरी केपी ओलीको विरोधी नेता हुँ ? म प्रतिष्पर्धी हुँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री थिएँ । उहाँ अध्यक्ष हुँदा, म उपाध्यक्ष छु ।’ उनले आफू र ओलीबीचको सम्बन्ध नचिसिएको पनि दाबी गरे । उनले आफूले उम्मेद्धवारी दिँदैमा कोही रिसाउनुपर्ने कारण नै नरहेको जिकिर गरे । उनले भने,‘एमालेले प्रतिष्पर्धाको राजनीति गर्छ । मैले जनताको बहुदलीय जनताको जनवादको झण्डा उठाएको छु । मैले जबजको झण्डा उठायो भनेर धेरैले धन्यवाद दिनुहुन्छ।’

उनले आफू पार्टीको अध्यक्षमा निर्वाचित भए आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने र सरकारको नेतृत्वमा पुर्याउने पनि दाबी गरे । उनले भने,‘म अध्यक्षमा निर्वाचित भएँ भने पार्टीलाई एक नम्बर बनाउँछु, सरकारमा पुर्याउँछु । निर्वाचनपछि एमालेलाई एक नम्बरको पार्टी बनाउँछु, मसँग आधार छ । छ भनेर त अध्यक्षमा उम्मेद्धवारी दिएको हुँ । म सरकारमा पुर्याउँछु । मसँग त्यसको कार्यसूचि छ ।’



प्रतिक्रिया दिनुहोस्