Logo

साझा पार्टीसँग एकता गरेकोमा पाण्डे पछुताए



काठमाडौं, ६ मंसिर । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझापार्टीसँग एकता गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा बोल्दै संयोजक पाण्डेले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिताको एजेन्डामा विश्वास गरेर गल्ती गरेको बताए । दुई पार्टी एकता हुँदै गर्दा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशितामा अर्को पक्षको विश्वास नहुने भनेको जस्तै साझा पार्टीले सोही शब्द नै साबित गरेको उनले आरोप लगाए ।

स्थानिय तहलाई पुनसंरचना र सुदृढ गर्दै खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै अध्यक्ष रविन्द्र मिश्रद्धारा तयार पारिएको दस्ताबेज केन्द्रीय समितिबाट अनुमोदन भएपछि पाण्डे पक्षले आक्रोस पोख्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्