काठमाडौं, ६ मंसिर । एमाले उपमहासचिव घनश्याम भुसालले दशौं महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने भएका छन् । भुसाल पक्षका नेताकार्यकताहरुले उम्मेदवारी घोषणा गर्न सुझाव दिएपछि उनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।
उपाध्यक्ष भीम रावलले आइतबार महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन् । भुसालले कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैनसकेको स्रोतले जनाएको छ । उनले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव मध्ये कुनै एक पदमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।




प्रतिक्रिया