Logo

सभामुखलाई भेट्न बारको टोली सिंहदरबारमा, आजै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने



काठमाडौं, ६ मंसिर । नेपाल बार एसोसिएशनको टोली सिंहदरबारमा पुगेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न बारको टोली सोमबार सिंहदरबार पुगेको हो ।

करीब एक महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आज विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बारको अगुवाईमा केही दिनदेखि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा जबराको राजीनामा माग गर्दै धर्ना र विरोधका कार्यक्रम गर्दै आएका छन् । अदालतको सुरक्षा व्यवस्था कडा बनाउनको लागि राखिएको दंगा प्रहरी आजै हटाइएको छ । कानुन व्यवसायीहरुले दंगा राखेको भन्दै हटाउन आग्रह गर्दै आएका थिए । 

तस्बिरःमुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot