Logo

वडाअध्यक्षहरुद्धारा जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी



जनकपुर, ६ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा वडाअध्यक्षहरुले तालाबन्दी गरेका छन् । उपमहानगरका सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाई कर्मचारीले दुव्र्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारीको विरुद्धमा नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् । नगरप्रमुख साहकै सल्लाहमा सफाई कर्मचारीले आफुलाई अपशब्द बोलेको वडा अध्यक्ष सिंहले बताएका छन् ।

सरसफाई नभएको देखेपछि आन्दोलन गरेको र समस्याको समाधान नभएपछि उपमहानगरमा ताल्चा लगाएको वडाअध्यक्षहरुको भनाई छ । उपमहानगरपालिका अन्तर्गतका वडाहरु १, ३, ४ र ७ का वडा अध्यक्षहरुको उपस्थितिमा तालाबन्दी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot