Logo

बाह्र वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै (फोटोफिचर)



देउँखुरी, ६ मंसिर । कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई यो खोप लगाइएको थियो । शनिबारदेखि सबै बालबालिकालाई फाइजर खोप लगाउन थालिएको बताइएको छ । खोप लगाउन आउने बालबालिकाले जन्म दर्ताको प्रमाणपत्र लिएर आउन भनिएको छ ।

विद्यालयले पालैपालो विद्यार्थीलाई खोप केन्द्रमा पठाउने गरेका छन् । यही मङ्सिर ७ गतेसम्म खोप लागाइने स्वास्थ्य कार्यालयका स्थानीय स्रोत व्यक्ति कमल चन्दले जानकारी दिए । रासस÷ तस्बिरः रञ्जिता अधिकारी रासस

;

 

 

;



प्रतिक्रिया दिनुहोस्