Logo

सर्वोच्च अदालत नियमावली मुद्रण विभाग पुग्यो



काठमाडौं, ६ मंसिर । गोलाप्रथा लागु गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन भएर  राजपत्रमा प्रकाशनको लागि मुद्रण विभागमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध कानुन व्यवसायीहरुको लगातार एक महिनाको आन्दोलन पछि सर्वोच्च अदालत नियमावली संशोधन गर्ने फुलकोर्टबाट सहमति भएको थियो । अहिले राजपत्र छापिने क्रममा रहेको मुद्रण विभागले जनाएको छ ।

कानुन व्यवसायीहरुले पेशी व्यवस्थापनको लागि गोलाप्रथा प्रणाली लागु गर्ने उद्देश्यले नियमावली संशोधन प्रस्ताव न्यायाधीशहरुको बैठक (फुलकोर्ट)ले पारित गरेपनि राजपत्रमा प्रकाशन नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन् ।

राजपत्र प्रकाशनको लागि प्रधानन्यायाधीशको हस्ताक्षर  आवश्यकता पर्ने भएकोले जबराले हस्ताक्षर गरेपछि मात्र संसदीय मामिला मन्त्रालयमा पठाइएको थियो । न्यायाधीशहरुले अब आफै मुद्दाको गोला प्रथा तान्न पाउनेछन् । सर्वोच्चका न्यायाधीशहरुले पनि जबराले राजीनामा नदिएसम्म नियमित सुनुवाई नगर्ने भन्दै बहिस्कार गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्