Logo

प्रकाशमानका छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन



काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका जेठा छोरा प्रभासमान सिंह राजनीतिमा अगाडि बढेका छन् । उनी काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं क्षेत्र नं ७ बाट प्रभासमान निर्विरोध निर्वाचित भएका हुन् । सोही क्षेत्रबाट प्रकाशमानकी पत्नी सृजना सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रकाशमान सिंहको निवास चाक्सीबारी पर्ने क्षेत्र नं ७ बाट प्रमिला सिंह डंगोल, इन्द्रलाल सिंह, पुष्पमान मानन्ध र कविता दास गरी कुल ६ जना निर्विरोध निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्