Logo

बारले लोसपालाई पनि बुझायो ज्ञापनपत्र



काठमाडौं, ६ मंसिर । नेपाल बार एशोएिशनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

लोसपाको तर्फबाट सांसद लक्ष्मणलाल कर्णले ज्ञापनपत्र बुझेका हुन् । कर्ण संसदीय सुनुवाई समितिका सभापति पनि हुन् । बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्