Logo

प्रचण्डले छोरीलाई साथमा राखेर भनेः देशभित्र र बाहिर रेनुको एक नम्बर मेयरका रुपमा प्रशंशा



काठमाडौं, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर छोरी रेनु दाहालको खुलेर प्रशंशा गरेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनुको चर्चा देशभित्र र बाहिर समेत भएको उनको भनाई थियो ।

‘रेनुको प्रशंशा देशभित्र मात्र नभई बाहिर समेत भएको छ,’ प्रचण्डले भरतपुरमा आयोजित कार्यक्रममा आज भने,‘रेनुको चर्चा एक नम्बरको मेयरका रुपमा भएको छ ।’ उनले भरतपुरको विकासमा रेनुले महत्वपूर्ण काम गरेको भन्दै प्रशंशा गरे ।

प्रचण्डले भरतपुर महानगरपालिका एक नम्बरको मेयर भएको बताए । उनले भने,‘सबै भरतपुरबाट सिक्नुपर्छ भन्न थालेका छन् । सबै सबै तिर भरतपुरको जस्तो विकास हुनुपर्छ भन्ने भएको छ ।’

भरतपुरको विकासमा मेयर रेनुको भूमिका मुख्य रहेको भन्दै प्रचण्डले भने, ‘जताततै प्रशंशा भएको छ । विरोधीले समेत देशभित्र र बाहिर भन्न थालेका छन् ।’



प्रतिक्रिया दिनुहोस्