Logo

अफ्ताब आलमको पक्षमा बहस गर्ने शम्भु थापाहरुको अब खैरियत छैन भन्दै माईतीघरबाट चेतावनी (भिडिओसहित)



काठमाडौं, ६ मंसिर । गलत अभिष्ट राखेर बारको आन्दोलन गर्दै न्यायालयलाई अस्तव्यस्त गरिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले आज काठमाडौंमा बृहत्त विरोध प्रदर्शन गरेका छन् । उनीहरुले नयाँबानेश्वरस्थित् होटेल एभरेष्टबाट विरोध प्रदर्शन सुरु गरेर माईतीघरमा कोणसभा गरिएको थियो ।

उनीहरुले विधिको शासन कायम गर, अदालत बन्द गर्न पाईँदैनजस्ता लगायतका नारा लगाएका थिए । उनीहरुले बारको आन्दोलनले हजारौं न्यायको पखाईँमा रहेकाहरु थप मर्कामा परेको गुनासो पोखेका थिए । बारका पदाधिकारीले दबाबमूलक रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको उनीहरुको गुनासो थियो ।

स्वतन्त्र कानून व्यवसायीहरुले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरिराखेकोले यसलाई निरन्तर जारी राखेको बताए । उनले अफ्ताब आलमले आफ्नो ईट्टा भट्टामा जिउँदै मान्छे पोलेको घट्नामा पोलेकै होईन भनेर मुद्दा लडिदिने र बहस गर्ने शम्भु थापाहरुको अब खैरियत नभएको पनि चेतावनी दिए । उनले शम्भु थापाहरुको एक एक गरेर हिसाबकिताब लिने पनि चेतावनी दिए । उनले आफूहरुले शम्भु थापाहरुको प्रवृत्तिविरुद्ध आन्दोलन थालेको बताए ।



प्रतिक्रिया दिनुहोस्