Logo

चलचित्र ‘घुइँचो’ घोषणा, तस्विरमा हेर्नुहोस एलिजा र कुन्साङको केमेस्ट्री (फोटोफिचर)



काठमाडौं, ६ मंसिर । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । आज (सोमबार) काठमाडौंको नयाँबानेश्वरस्थित् होटेल एभरेष्टमा पत्रकार सम्मेलन गरेर उक्त चलचित्रको घोषणा गरिएको हो । आर.जे. म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।

निर्माण पक्षले यसअघि नै चलचित्रमा नायिकाको रुपमा एलिजा गौतमसँग सम्झौता गरिसकेको समाचार आएको थियो । यो चलचित्रमा नायकको रुपमा मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् । चलचित्रका निर्माता रामजी दैलेखीका अनुसार चलचित्रको छायांकन भने आगामी माघबाट सुरु गरिनेछ । पत्रकार सम्मेलनमा निर्माता दैलेखीले चलचित्रको स्टोरी नै सवल रहेको भन्दै आम दर्शकले चलचित्र मन पराईदिने विश्वास व्यक्त गरे ।

उता, नायिका एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न राजी भएको स्पष्ट पारिन् । उनले भनिन्,‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भएपनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु ।

त्यस्तै, नायक कुन्साङले पनि राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । निर्देशक लामाले चलचित्र सुःख–दुःख, सपना, इमान्दार र बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

एलिजाको यो दोस्रो चलचित्र हो । यसअघि उनले एरिका फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र अनुरागमा अभिनय गरेकी थिईन् । गौतमले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छिन् । उनी अभिनित भिडिओहरु दर्शक तथा श्रोताहरुले अत्यधिक रुचाएका छन् । हालै मात्र उनले आफू एक भिडिओको कारण विराट फिल्मबाट उत्कृष्ट महिला मोडेलको उपाधि पनि पाएकी थिईन् ।

तस्विर : अमृत पौडेल ‘पिपोट’/ Amrit Paudel 



प्रतिक्रिया दिनुहोस्