Logo

एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, मंसिर ७ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आजपनि बस्ने भएको छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटबारेमा छलफल गर्न आजको बैठक आह्वान गरिएको हो ।

अहिले विहान ११ बजे बस्ने बैठक महाधिवेशन केन्द्रित रहने जनाईएको छ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको हो ।

पछिल्लो स्थायी कमिटीको बैठकहरुमा महाधिवेशनमा पदाधिकारीमा आकांक्षी बढ्दै गएपछि विधान संशोधन गरेर केही नेताको व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्