Logo

डडेल्धुरा: कांग्रेस जिल्ला सभापतिमा साउद विजयी, मल्लपक्षको अनशन जारी



काठमाडौं, मंसिर ७ ।  डडेल्धुरा कांग्रेस जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन्। यता सात दिनदेखि जिल्ला सभापति कर्ण मल्लसहितका कार्यकर्ता नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनशनमा बसेकै अवस्थामा उता सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद सभापतिमा विजयी भएका हुन्।

साउदले सात सय ३४ मत पाएका छन भने उनका प्रतिद्वन्द्वि चूडामणि ठकुराठीले ७६ मत पाए। साउदको प्यानल नै विजयी भएको हो । त्यस्तै, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्। उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा सोमबार नै निर्विरोध सर्वसम्मत भइसकेका थिए।

डडेल्धुरामा वडा अधिवेशनदेखि नै धाधली रहेको जिल्ला सभापति मल्ल पक्षको आरोपछ । क्रियाशील सदस्यतामा देखिएको विवादपछि मल्ल पक्षले अधिवेशनमा भाग नै लिएको थिएन। संस्थापन इतरको विरोधका बीच देउवा पक्षले एकपक्ष रुपमा अधिवेशन भएको थियो।



प्रतिक्रिया दिनुहोस्