Logo

एमाले रद्दी पार्टी हो, निम्तो दिएको भएपनि हामी महाधिवेशनमा जाँदैन थियौं : विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमालेको १०औं महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो पार्टीलाई एमालेको महाधिवेशनमा निम्तो नदिएकोको कुनै अर्थ नै नरहेको जिकिर गरे ।

उनले भने,‘बोलाएको भएपनि हामी जाँदैन थियौं । एमाले पार्टी त हामीले यो रद्दी पार्टी हो, पतोन्मुख पार्टी हो भनेर छोडेको हो, विद्रोह गरेको हो नि, त्यसकारण त्यहाँ निम्तो गरेको भएपनि हामी जाँदैजाँदैन थियौं।’ उनले आफूहरु त्यहाँ नजाने भन्ने थाहा पाएर नै एमालेका नेताहरुले निम्तो नदिएको भनेर प्रचार गरेको पनि टिप्पणी गरे । उनले एमाले सुध्रियोस भन्ने हाम्रो कामना हो । तर, अहिले एमाले पतोन्मुखतर्फ अघि बढेकाले बिग्रियोस भनेर के को शुभकामना दिनु ? भन्ने पनि उनको भनाई छ ।

उनले एमालेले महाधिवेशनको कार्यकर्ताबाट एक सय रुपैयाँ उठाएको भनेर प्रोपोगाण्डा मच्चाएको पनि आरोप लगाए । उनले अहिलेसम्म आफूलाई विरोध दाई भनेर नमस्कार गर्ने कार्यकर्ता एमालेमा ठूलो पँक्ति रहेको सुनाए र उनीहरुले पैसा सबै केपी ओलीले नै जोहो गरेको सुनाएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्