Logo

कात्तिक ३० गतेदेखि हराइरहेकी महिलाको शव फेला



गोरखा, ७ मंसिर । कात्तिक ३० गतेदेखि हराइरहेकी एक महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङको शव फेला परेको हो । डोल्माका शव गोरखा नगरपालिका–१२ खन्नेबेसीस्थित दरौदी खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि गोरखा अस्पतालमा राखिएको छ । डोल्माको मृत्यु कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्